काठमाडौंमा पहिरोमा परी युवकको मृत्यु

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा आइतबार साँझ करिब ७ बजे पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
काठमाडौ प्रहरी कन्ट्रोल रानीपोखरीका अनुसार पहिरोमा परी २२ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको नाम नवराज गुरुङ भएको प्रहरीले जनाएको छ ।
तर पहिरोबाट भएको थप क्षतको विवरण भने प्राप्त भएको छैन ।।






प्रतिक्रिया राख्नुहोस्