भारतमा कोरोनाको संक्रमण बढ्दो

काठमाडौं, श्रावण ०५: विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ३० हजार नाघेको छ । यसै गरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको विश्वव्यापी तथ्यांक पनि ६ लाख ८ हजार भन्दा बढी छ । विश्वमा गएको २४ घन्टामा मात्रै २ लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छ । पछिल्लो समय संयुक्त राज्य अमेरिका र भारतमा नयाँ संक्रमितहरु सबैभन्दा बढी थपिएका छन् । अमेरिकामा एकै दिनमा ६० हजार बढी नयाँ संक्रमित थपिएका छन् । यसै गरी दक्षिण एसियाली मुलुक भारतमा पनि पछिल्लो २४ घन्टामा ४० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । विश्वमा अमेरिका र भारत गरी एकै दिनमा १ लाख नयाँ संक्रमित थपिएका हुन् । संक्रमितको संख्याको आधारमा ब्राजिल अमेरिकापछि बढी प्रभावित मुलुकका रुपमा रहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्