प्रदेशकै पहिलो प्लास्टिक उद्योग बन्द हुँदै

 स्याङ्जा –  फोहोरलाई मोहोरमा परिणत गर्ने उद्देश्यले सञ्चालन गरिएको गण्डकी प्रदेशकै पहिलो प्लास्टिक उद्योग पछिल्लो समय आयातित सामानको बढी प्रयोगले धराशायी बन्दै गएको छ । फालिएका प्लास्टिक सङ्कलन गरेर प्रशोधनको माध्यमबाट पुन प्रयोगमा ल्याउने भन्दै स्याङ्जाको भिर कोट १ स्थित पञ्चरत्न प्लास्टिक उद्योग भने बन्द हुने अवस्थामा पुगेको हो ।

खेरा गएका प्लास्टिक सङ्कलन गरेर प्रशोधनको माध्यमबाट पुन प्रयोगमा ल्याउने भन्दै स्याङ्जाको भिर कोट १ स्थित पञ्चरत्न प्लास्टिक उद्योग भने बन्द हुने अवस्थामा पुगेको हो । बि.सं २०६८ सालमा स्थापना भएको पञ्चरत्न प्लास्टिक उद्योगले प्लास्टिक जन्य पदार्थहरू सङ्कलन गरी प्रशोधन गरेर सेनेटरी,सिचाई तथा बाइरिङ लगायत तिन प्रकारका पाइप उत्पादन गर्दै आएको थियो । स्थानीय स्तरमै ब्यावसाय गरी रोजगार प्रदान गर्ने उद्देश्यले स्थापित सो कम्पनी पछिल्लो समय धराशायी बन्दै गएको सञ्चालन मित्रबन्धु पोखरेलले जानकारी दिनुभयो ।

करिब तिन रोपनी क्षेत्रफलमा निमार्ण गरिएको उद्योग २ करोडको लागतबाट सुरुवात भएको थियो । बजारीकरणको सहजताले उत्पादन र बिक्रीगर्दै आएको उद्योगले स्थानीय ३० कामदारलाई समेत रोजगार प्रदान गरेको थियो । अहिले उत्पादन भएका सामानहरू बिक्री हुन छोडेपछि कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको हो । उद्योगमा रहेका  मेसिन बन्द हुँदा बिग्रने र पुनः प्रयोगमा ल्याउन निकै कठिन हुने भएकोले सो मेसिन चलाउँदा उत्पादित सामान बिक्री हुन छोडेपछि उद्योग सञ्चालनमा समस्या देखिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्याङ्जाका महासचिव बल बहादुर गोदारले जानकारी दिनुभयो ।

उद्योग सञ्चालन गरी रोजगारी व्यवस्था गरौँ, आयात घटाउ भन्ने उद्देश्यका साथ सञ्चालनमा आएका उद्योगहरूलाई बजारीकरणको व्यवस्था गर्न र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न सम्बन्धित निकायले ध्यान दिने की ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.