नेपाल र स्कटल्याण्डबीचको खेल जारी, टस हारेको नेपाल फिल्डिङमा

स्कटल्यान्डमा भइरहेको त्रिदेशीय त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल आज घरेलु टोली स्कटल्यान्डसँग खेलिरहेको छ ।
खेल नेपाली समय अनुसार अहिले बेलुका पौने ८ बजे सुरु भएको हो ।
टस जितेर स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ।
यसअघि शृङ्खलामा भएको पहिलो भेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो ।
यसैगरी, हिजो राति भएको खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको थियो।
लगातार खेलेका दुई खेल जितेको नेपाल आज त्यहि मनोबलमा मैदानमा उत्रदै छ ।
तीन खेलमा २ जित र १ हार ब्यहोरेको नेपाल शीर्ष स्थानमा छ।
आजको खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्ड्सको समान ४ अंक भएपनि नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा रहेको हो ।
चार खेल खेलिसकेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ भने एक खेल जितेको स्कटल्यान्ड २ अंक सहित पुछारमा छ।आजको खेलमा दुवै टोली शृङखला जित्ने लक्ष्यका साथ मैदानमा छन ।
नेपालले आजको खेल जितेमा तालिकाको शीर्ष स्थानमा रहँदै शृङ्खलाको च्याम्पियन बन्नेछ । ।






प्रतिक्रिया राख्नुहोस्