संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज हुँदै

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा अध्यादेशमार्फत् नियुक्त ५२ जनाको वैधताको विषयमा आज फैसला सुनाउने भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभएको छ ।

निर्णय सुनाउने दिन आजका लागि तोकिएकोले आज फैसला आउने उहाँले बताउनुभयो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अध्यक्षताको संवैधानकि इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदी रहनुभएको छ ।

संवैधानिक परिषदमा बहुमत पुर्‍याउन अध्यादेशबाट ऐन संशोधन गरी ती ५२ जनालाई नियुक्त गरिएकोमा संसदीय सुनुवाई समेत हुन पाएको थिएन । सोही विषयमा परेको मुद्दाको करीब चार वर्षमा फैसला सुनाउन लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.