रसुवाको बाढिपीडितकाे उद्धार र राहतमा खटिन कांग्रेस सभापति देउवाको अपिल

 

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवाको भोटेकोशी लगायत क्षेत्रमा आएको बाढिको क्षतिप्रति गरिहो दुख व्यक्त गर्नु भएको छ ।

देउवाले सामाजिक संजाल मार्फत रसुवाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्धार र राहतमा खटिन पनि अपिल गर्नु भएको छ । ‘रसुवाको भोटेकोसी नदिमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। बाढि प्रभावित क्षेत्रमा उद्दार र राहतलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध गर्दछु’ देउवाले सामाजिक संजालमा लेख्नु भएको छ, ‘साथै नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्दार र राहतमा जुट्न अपिल गर्दछु।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.