पशु चौपायाप्रति ढुवानीकर्ता निर्दयी, कानुनको भएन कार्यान्वयन (भिडियो रिपोर्ट)

धादिङ- राजधानीलगायत देशका बिभिन्न बजारमा मासुका लागी लगिने पशु चौपायहरुको ढुवानी कसरी गर्ने भनी सरकारले कानुन बनाएको छ । तर पनी पशु चौपाय ढुवानीलाई अझै ब्यवस्थित हुन सकेको छैन ।

पशु चौपाय ढुवानीका क्रममा पशुलाई यातना नदिई ढुवानी गर्नुपर्ने अन्यथा कानुनअनुसार कारवाही हुने भन्ने सरकाले कानुन बनाएको छ । तर अहिलेसम्म न त कुनै पशु चौपायहरुको ढुवानीमा सुधार आएको छ न त गलत तरिकाले ढुवानी गर्ने कुनै पनी ब्यापारी अथवा ढुवानीकर्ता कारवाहीमा नै पर्ने गरेका छन् ।

पृथ्वी राजमार्ग हुदै दैनिकजसो राजधानी प्रवेश गर्ने दर्जनौं ट्रकमा पशु चौपायहरुलाई यस्तै यातना दिंदै लगेको दृष्य देख्न सकिन्छ । तर राजमार्ग प्रहरी चाहीं यसको नियन्त्रणमा लागेको बताउछन् । अझै गजबको कुरो त कुनैपनी सुरक्षा जाँच चौकीहरुमा पशु चौपाय ढुवानी कसरी भईरहेको छ भन्ने बारेमा चेकजाँच पनी गरेको पाईदैन ।

राँगा, भैसीको ढुवानी गर्दा पुच्छर फर्काएर बाँध्ने, एउटै ट्रकमा क्षमता भन्दा धेरै राँगा भैंसीलाई कोचेर राख्ने, थाकेर बस्न खोजे बस्न नदिने, साथै मुख र नाकमा डोरीले बाँध्‍ने जस्ता अमानवीय तरिकाबाट यातना दिंदै पशु चौपाय ढुवानी गरेको बर्षौं बितिसकेको छ ।

राँगा भैसीहरु थाकेर बस्न खोजेको खण्डमा पिट्दै उठाउने जस्ता निर्दयी ढङ्गबाट पशुचौपाय ढुवानी हुँदा समेत सरोकारवाला निकाय मौन बस्ने गरेका छन् ।

त्यसो त पशु क्वारेन्टाईन गरेको पत्र भएपनी अस्वस्थ र विरामी राँगा भैसीहरु पनि मासुका लागी राजधानीलगाएत देशका विभिन्न बजारहरुमा लैजाने गरेको पाईएको छ ।

राँगा भैसीलाई रगताम्य हुने गरी कुटपिट गर्ने लगायत धेरैजसोले त गाडीमा चढाएदेखी नओरालेसम्म खानेकुरा र पानी समेत नखुवाई लैजाने गरेका छन् । पशुमाथि यस्तो र्निदयी ब्यवहार हुँदा समेत पशु अधिकारकर्मी र सरोकारवाला सबै मौन देखिन्छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.