डोटी जिप दुर्घटनाः मृतकको संख्या चार पुग्यो
डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।
उपचारका लागि दिपायलतर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोरोको पनि मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले जानकारी दिनुभयो । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्