अघिल्लो वर्षको तुलनामा यो वर्ष १ खर्ब २० अर्ब बढी राजस्व संकलन

काठमाडौँ- अघिल्लो वर्षको तुलनामा यो वर्ष १ खर्ब २० अर्ब बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले बताउनुभयो ।

चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेको पनि राजस्व महाशाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.