पहिरोले कास्कीमा विद्यालय पुरियो,२ जना घाइते

कास्की- अविरल वर्षाका कारण गएको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका-८ चिम्रोङस्थित मोदी आधारभूत विद्यालय पुरेको छ।

पहिरोमा परी विद्यालयका ३ वटा भवनमा क्षति पुगेको छ । भवनसँगै फर्निचर, ल्यापटप, कम्प्युटर, दराज लगायत गरी करिव डेढ करोड रुपैयाँ बरावरको क्षति भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो।

पहिरोमा परी स्थानीय ६५ वर्षे मैताकुमारी गुरुङ र उहाँका छोरा आइतराम घाइते हुनुभएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

पहिरोले मैताकुमारी र उहाँकी दिदीको अस्थायी घरमा पनि पूर्ण क्षति पुर्‍याएको छ ।

आज विहानकरिव ४ बजे विद्यालय माथि रहेको कुटुमको डिलबाट पहिरो खसेको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.