उपाधिका लागि नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौँ- बंगलादेशमा जारी उमेर समुहको साफ यू-२० महिला फुटबलको उपाधिका लागि आज नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दै गरेको नेपाललाई उपाधिका लागि जितको आवश्यक रहेको छ ।

राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि दुवै टोलीका लागी यो फाइनल सरह नै हुनेछ । आजको खेलमा नेपाललाई जित आवश्यक रहेको छ भने बंगलादेशलाई बराबरी मात्र पर्याप्त हुनेछ ।

नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३-२ ले जितेको थियो । हाल बंगलादेश ५ खेलबाट शत प्रतिशत जित सहित १५ अंक जोडेर शीर्ष स्थानमा छ । यस्तै नेपालले ४ जित र १ हारबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.