चितवनमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गयो

चितवन- चितवनको भरतपुर महानगरपालिका–२३ स्थित केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ।
पूर्वी खड्कौलीका ५० वर्षीय भीमबहादुर दराईको शव राप्तीनदीमा भेटिएको हो।

उनी साउन १७ गते साँझ करिब ६ बजे गोरखबहादुर दराईसँगै माछा मार्न गएका थिए। सँगै माछामार्पन गएको साथीले उनलाई नदेखेपछि गाउँघरमा आएर हराएका बारे जानकारी गराएका थिए ।

राति करिब १०:३० बजे इलाका प्रहरी कार्यालय गीता नगरमा खबर गरेपछि प्रहरी नायब निरीक्षक कृष्णराज गौतमको कमान्डमा खोजी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीसँगै स्थानीयवासीले पनि खोजी कार्यमा सहयोग गरेका थिए।

दराईको शव केरुङ्गा खोला र राप्ती नदीको दोभानबाट झन्डै डेढ किलोमिटर पश्चिमतर्फ फेला परेको हो। शवको एउटा हात पाखुरादेखि नै नभएको अवस्थामा भेटिएको छ भने खुट्टामा ठुलो घाउ देखिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अध्ययन अनुसार माछा मार्न गएका बेला दराईमाथि गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।
उनको खोजी कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सैनिक, सशस्त्र प्रहरीको टोली खटिएको थियो। राप्ती नदी क्षेत्रमा खोजी गर्ने क्रममा दराईको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.