गाजामा बन्धक बनाएका दुई युवाको कारुणिक भिडियो सार्वजनिक

काठमाडौं- गाजामा बन्धक बनाइएका दुई इजरायलीहरुको कमजोर र पीडादायी अवस्थाको भिडियो सार्वजनिक भएपछि यस विषयमा अन्तर्राष्ट्रिय चासो थप बढेको छ । उनीहरु कमजोर र पीडादायी अवस्थाका रहनुलाई पश्चिमा नेताहरुले खेदपूर्ण रहेको बताएका छन् ।

भिडियो सार्वजनिक भएपछि तेल अभिव लगायतका स्थानमा हजारौं नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गरी बाँकी बन्धकहरूको शीघ्र र सुरक्षित रिहाइको माग गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका दुई जना इजरायली बन्धकहरूको कमजोर र पीडादायी अवस्थाले आफूलाई दुःख लागेको बताउनु भएको छ । उहाँले बन्धकका परिवारसँग सिधै सम्पर्क गरी उनीहरुलाई सुरक्षित घर फर्काउने प्रतिवद्धता जनाउनु भएको छ ।

सार्वजनिक गरिएको भिडियोमा देखिएका दुई युवा सन् २०२२ सालको अक्टोबर ७ मा इजरायल आक्रमणको क्रममा अपहरणमा परेका हुन् । २१ वर्षीय रोम ब्रास्लाभ्स्की र २४ वर्षीय एभ्याटर डाभिड थकित र अत्यन्तै पीडित अवस्थामा देखिएका छन् । डाभिडले आफैंको चिहान खन्दै गरेको दृश्यले सबैमा गहिरो करुणा र चिन्ता उत्पन्न गराएको छ ।

प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहूले बन्धकहरूको परिवारसँग सहानुभूति व्यक्त गर्दै सबै बन्धकहरुलाई सुरक्षित रुपमा फर्काउने प्रयास गरिरहेको उल्लेख गरिएको छ । उहाँले बन्धकहरुका परिवारलाई धैर्य धारण गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.