पर्यटकको रोजाई देउपुजी ढुङ्गो  

स्याङ्जा – स्याङ्जाको भिर कोट नगरपालिकाले पर्यटन प्रर्वद्धन गर्नभन्दै पर्यटक रमाउनका लागी संरचना निमार्ण गरेको छ । वनभोज देखि मनोरञ्जन लीनका लागी भिर कोट तिन भतेर पाटामा रहेको देउपुजी ढुङ्गालाई संरक्षण गरे लगतै सो ठाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

मानव बस्ती सुुरु भएसंगै यहाँका स्थानीयले यस ठाउँमा पूजा आजा गर्दै आएको स्थानीय बताउँछन् । करिब १३ रोपनी क्षेत्रफलमा रहेको यस ठाउँमा पछिल्लो समय स्थानीय तहले समेत देउपुजी ढुङ्गाको महत्वको विषय उल्लेख गर्दै स्थानीय पाठ्यपुस्तकमा समेटेका कारण अध्ययन अवलोकनका लागी यहाँ मानिसहरू पुग्ने गर्दछन् ।

यस ठाउँको बिकासका लागी पालिकाले ६ लाख विनियोजन गरेर मन्दिर,पदमार्ग र घेरा वार गरेको छ । परापूर्व काल देखिनै गाईको थुन वाट दूध आउने भनाई अहिलेपनि देख्न सकिन्छ । झट्ट हेर्दा कपाल आकारमा देखिने यो ढुङ्गा दर्शनका लागी वालिङ,भिर कोट,पेल्काचौर लगाएका ठाउँबाट भक्तजन आउने गर्दछन् । हिउँदको समयमा वनभोज र मनोरञ्जन लिनका लागी समेत पर्यटक पुग्ने गर्दछन् । यहाँबाट तनहुँ,पर्वत,पाल्पा लगायतका धेरै जिल्ला अवलोकन समेत गर्न सकिन्छ । बाला चतुदर्सीको दिन सदवी छर्ने चलन समेत रहेको छ ।  यहाँको मुख्य विशेषता भन्नु नै हिउँद बर्खा सदाबहार ढुङ्गा वाट पानी रसाई रहनु र लामो खडेरी परेमा यही ठाउँमा आएर पानी मागे  वर्षा हुने जनविश्वास रहेको छ ।

स्थानीय क्षेत्रमा बिषेशगरी आर्थिक समृद्धि बनाउनका लागी पर्यटककै प्रमुख भुमिका रहने भएकाले पालीकाले यहाँसम्म पुग्ने पूर्वाधार निमार्ण गरेको हो । आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकहरुका लागी उचित व्यवस्थापन पालीकाले गर्न सक्ने हो भने देउपुजी ढुङ्गा हेर्ने जानेको घुईचो दिनानुदिन बढ्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.