अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान
–शारीरिक तथा मानसिक बिरामीलाई सुविधा

नुवाकोट- नुवाकोटको पूर्वी भेगमा रहेको गाँउखर्ककी एक जना फरक क्षमताकी किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । यस वाट जन्मदेखि नै अशक्त रहेकी ती किशोरीलाई सहयोग पुगेको छ ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर उत्तर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका २ गाँउखर्क, वोलगाउँ लोटा घर भएकी शारीरिक तथा मानसिक रूपमा अशक्त १८ बर्सिया वसन्ती तामाङलाई सातविसेस्थित इलाका प्रशासन कार्यालय नुवाकोटले सोमवार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । प्रशासकीय अधिकृत सावित्री भण्डारीको नेतृत्वमा गएको टोलीले शारीरिक तथा मानसिक रूपमा अशक्त किशोरी तामाङलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
उरवन तामाङकी छोरी वसन्तीलाई दुप्चेश्वर गाँउपालिका २ का वडाध्यक्ष बिरबल तामाङले आवश्यक कागजपत्रसहित इलाका प्रशासन कार्यालय नुवाकोटलाई तीन साता अगाडि नेपाली नागरिकताको लागि सिफारिस गरेका थिए । सातविसेस्थित इलाका प्रशासन कार्यालय आउन असमर्थ रहेका शारीरिक तथा मानसिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासकीय अधिकृत भण्डारीको भनाई छ ।
२०६३ साल कार्तिक १२ गते जन्म भएकी किशोरी वसन्तीलाई प्रदान गरेको नागरिकता नं.२५–०२–८२–००६०२ रहेको छ । नागरिकता पाएपछि खुसी हुँदै उहाँको परिवारजनले उहाँलाई अपाङ्गता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहजता भएको बत्ताएका छन् ।
फरक क्षमताकी किशोरीलाई नागरिकता प्रदान गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले शारीरिक तथा मानसिक अवस्थाका बिरामीलाई सहयोग गर्नु दायित्व र कर्तव्य भएका कारण इलाका प्रशासन कार्यालयमार्फत गाउँमा पुगेर नागरिकता प्रदान गरिएको र अन्यको समेत पहिचान भएपछि घरमै पुगेर नागरिकता प्रदान गरिने बताउनुभयो । चार वर्षको अवधिमा १२ स्थानीय तह रहेको नुवाकोटमा घरमै पुगेर फरक क्षमता भएका १५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

पूर्ण अपाङ्गता भएकी किशोरी वसन्ती तामाङलाई घरमै उपस्थित भएर सातविसेस्थित इलाका प्रशासन कार्यालयकी प्रमुख सावित्री भण्डारी, दुप्चेश्वर गाँउपालिका अध्यक्ष शङ्करबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, वडाध्यक्ष बरिबल तामाङलगायतले नागरिकता हस्तान्तरण गर्नुभएको हो । उक्त स्थान इलाका प्रशासन कार्यालय सातविसेवाट यातायातमा दुई घण्टाको दुरीमा रहेको छ ।
यस्तै, सोही कार्यालयले तादी गाँउपालिका ३ टुटुङका पूर्ण अशक्त सानुबाबु तामाङलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । तादी ३ का वडाध्यक्ष सोनाम थिंङतामाङको सिफारिसमा सानुबाबुको घरैमा पुगी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासकीय अधिकृत भण्डारीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्