सिरहाको लाहानमा आमा र छोराको शव फेला

सिराहा- सिरहाको लहानमा आमा र छोरा डेरा गरी बस्ने घरभित्र मृत अवस्थमा फेला परेका छन् ।  लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र  रंजिता चौधरी  र उनका ५ वर्षीय छोरा एरोन  मृत फेला परेका हुन् । 

अर्का ९ महिनाको  छोरा  गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, दुई बालबालिकाले विषादी सेवन गराइएको आशंका गरिएको  छ । 

रंजिता चौधरीले कोठाको ढोका भित्रबाट थुनेर सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

५ वर्षीय छोरा  एरोन मृत अवस्थामा खाटमा भेटिएका थिए ।   ९ महिनाको शिशुलाई तुरुन्त उद्धार गरी प्रादेशिक अस्पताल लहान लगिएकोमा त्यहाँका चिकित्सकले विष सेवनको आशका गर्दै थप उपचारका लागि  अस्पताल लहान पठाएका छन्। 

हाल शिशुको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीयवासीका अनुसार चौधरी परिवार केही महिनाअघि मात्र अनदेश्वर चौधरीको घरमा डेरा गरी बस्न थालेको थियो। घटनाको समयमा श्रीमान् प्रविण चौधरी भने घरमा थिएनन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.