बस र ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–५, बाँदरे मोडमा बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्।

धादिङको ताल्तीबाट विदाङतर्फ जाँदै गरेको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको तेल ट्याङ्करसँग ठोक्किँदा दुर्घटना भएको हो। बसमा सवार सबै घाइते चेपाङ समुदायका व्यक्तिहरू रहेका छन्। उनीहरू न्वागी पर्व मनाउन ताल्तीबाट विदाङतर्फ जाँदै गरेका थिए।

घाइतेहरूको मलेखुस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी विकास थापाले जानकारी दिनुभयो।

१५ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भए पनि जीवन जोखिममुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.