नेपालले वेस्ट इन्डिजविरुद्ध शनिवार पहिलो खेल खेल्दै

काठमाडौँ- नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट शृङ्खला अन्तर्गत पहिलो खेल भोलि (शनिवार) खेल्दैछ ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ ।

यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी-ट्वान्टी विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनौट खेल्न ओमान जाने तालिका रहेको छ ।

युनिटी कप सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा नेपाली टोली युएईमा छ ।

नेपाल विरुद्ध खेल्न वेष्ट इन्डिजले अकिल होसेनको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.