सडकमा जोखिम रहेको भन्दै काभ्रे र थानकोटमा प्रहरीको माइकिङ
थानकोटबाट बाहिरिने सवारी साधनलाई काठमाडौँतर्फ फर्कन आग्रह
काभ्रेपलाञ्चोक- काभ्रेमा लगातारको वर्षापछि बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले काभ्रेका विभिन्न क्षेत्रमा माईकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ।
शसस्त्र प्रहरीले बनेपा, घुलिखेल, पाँचखाल, देालालघाट, पनैाती, भकुण्डेलगायतका ठाउँमा माइकिङ गरेका हेा ।
गाउँ-टोलमा गएर नदी किनार, खोला तथा भिरालो क्षेत्र नजिक बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
साथै, आकस्मिक जोखिमका अवस्थामा तुरुन्तै नजिकको प्रहरी, शसस्त्र प्रहरी वा विपद् व्यवस्थापन समितिलाई जानकारी दिन समेत आग्रह गरिएको छ।
यसैगरी, पृथ्वी राजमार्गमा पहिरोका कारण समस्या हुनसक्ने भन्दै प्रहरीले थानकोट चेकपोष्टमा माइकिङ गरेको छ । काठमाडौँबाट बाहिरिँदै गरेका सवारी साधनलाई पुन: काठकाडौँतर्फ फर्कन पनि प्रहरीले अनुरोध गरेको छ ।।





प्रतिक्रिया राख्नुहोस्