शान्ति सैनिकको अदलीबदली

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेना १४औँ डफ्फा बदली भएको छ ।
नयाँ गोरख गण शान्ति सेना १५औँ डफ्फाका १७५ जना शान्ति सैनिकको टोली आज कार्यक्षेत्र दक्षिण सुडान प्रस्थान गरेको छ ।  श्रीनाथ गणका १७६ जना सोमबार फिर्ता भएका सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।
दक्षिण सुडानमा राष्ट्रसङ्घीय शान्ति मिसनमा विभिन्न देशका सेनासँग नेपाली सेनाका एक हजार ७५७ जनाले समन्वय र सहकार्यका साथ शान्ति स्थापनामा क्रियाशील छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.