रामेछापमा तिहारमा फूल पुगेन

रामेछाप- यस बर्ष रामेछाप जिल्लामा तिहारका लागि आवश्यक पर्ने फूलको अभाव भएको छ ।
अघिल्ला बर्षहरुमा व्यबसायी फूलको खेति गर्दै आएका यहाँका  किसानहरुले बजार अभावको कारण देखाउँदै फूलको व्यबसायी खेति नगर्दा रामेछापमा अहिले फूलको अभाव भएको हो ।
तिहारले छोपिसक्दा पनि जिल्लाका मन्थली लगायतका बजारहरुमा अहिले फूल देख्न सकिएको छैन ।
अघिल्लो बर्ष फूल बिक्रि नभएकाले यस बर्ष यसको खेति नगरिएको मन्थली नगरपालिका वडा नं ५ का किसान रामबहादुर शाहिले बताउनु भयो ।
धेरै मिहनेतका साथ लगाएको अघिल्लो बर्षको फूल बगैंचामा नै सुकेपछि यस बर्ष उहाँले फूल खेति नगर्नु भएको हो ।
यस बर्ष जिल्लामा सरकारले प्लाष्टिकका फूलहरु समेत बिक्रिका लागि प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना नै प्रकाशित गरेर जिल्लामा प्लाष्टिकका फूलहरु बिक्रिका लागि प्रतिबन्ध लगाएको उक्त कार्यालयले जनाएको छ ।
यता बजारमा फूल अभाव भएको मौका छोपेर व्यापारीहरुले भने प्रतिबन्धित प्लाष्टिकका फूलहरु महगोंमा बिक्रि गर्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.