१५ वर्षअघिसम्म वनमारा अहिले पर्यटकीय गन्तब्य काउलेडाँड

पाल्पा- १५ वर्षअघिसम्म वनमाराले ढाकिएको पूर्वी पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवास स्थित अम्रिसाको बगान काउले डाँडा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
काउलेडाँडा क्षेत्रको खाली जग्गा कबुलियति वनमा दर्ता गरी स्थानीयको सक्रियतामा अम्रिसो लगाएसँगै काउले डाँडा कवुलयति वनको मुहार फेरिएको हो । इलाम जिल्लाको चिया बगानको झल्को मेटाउने वनको रुपमा अहिले काउले डाँडा स्थापित बनेको छ ।
काउलेडाँडा क्षेत्रमा स्थानीयले गरेको मेहेनतको अवलोकनसँगै हरियाली डाँडाबाट देखिने उत्तरका हिमाल र तराईका भू–भागसहितको दृश्य अवलोकनमा रमाउन विभिन्न स्थानबाट आन्तरिक पर्यटक आउने गर्दछन । अहिले दैनिक तीन सयदेखि एक हजार जनासम्म अवलोकनका लागि पुग्ने गरेका काउलेडाँडा कबुलियति वन समुहका अध्यक्ष दमन बहादुर पाटा मगरले बताउनुभयो । यहाँ पाल्पा सहित नवलपुर, नवलपरासी, नारायणगढ, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु र कास्की लगाएतका विभिन्न जिल्लाबाट समूह समूहमा भ्रमण तथा वनभोजको लागि आउने गरेका छन । सडक पूर्वाधार निर्माण भएसँगै सहजै सवारी साधन पुग्ने भएकाले पनि पछिल्ला वर्षहरुमा घुम्न जानेको सङ्ख्या ह्वात्तै बढेको हो ।
घुम्न आउनेको संख्या बढ्दै जाँदा २०६७ साल देखि स्थानीयले गरेको मेहेनतले थप सार्थकता प्राप्त गरेको स्थानियको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्