मेची राजमार्ग अन्तर्गत माईखोला सडक खण्ड भासिँदा यातायात अबरुद्ध

काठमाडौँ- तराईबाट पूर्वी पहाडलाई जोड्ने मेची राजमार्ग पुनः बन्द भएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको माईखोला खण्डमा पुनः सडक भासिएपछि राजमार्ग ठप्प भएको हो ।

मेची राजगर्माको वैकल्पिक राजमार्गको रुपमा रहेको तिल्केनी सिमलगोलाई सडक खण्ड पनि ठप्प भएको छ । यो सडक खण्डको जोगमाई खोलाको ह्युमपाइप बगाएपछि यो सडक पनि ठप्प भएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गमा यातायात संचालनमा रोक लगाएको छ ।

प्रशासनले निरन्तर वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएको साथै तिल्केनी–सिमलगोलाई शिल्पुर सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध बनेको हुँदा यातायात संचालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय इलामबाट अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.