कैलालीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

 धनगढी –  कैलालीको तेघरीमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि बसले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको तेघरी ब्यारेक गेट नजिकै ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिँदा ८० बर्सिया दिलमाया मिश्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मिश्रलाई दिपायलबाट धनगढी आउँदै गरेको बसले ठक्कर दिएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.