चितवनमा ‘राम नाम सत्य’ चलचित्रको छायाङ्कन सुरु

चितवन – पूर्वी चितवनको रत्न नगरबाट चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कन औपचारिक रूपमा सुरु गरिएको छ। झन्डै ८० प्रतिशत दृश्य चितवनकै विभिन्न स्थानमा समेटिने यस चलचित्रको शुभारम्भ चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्न नगर जिरौना स्थित धर्म धाम कृष्ण मन्दिरबाट चितवन सुटिगं शुभारम्भ गर्नुभएको हो। उक्त अवसरमा युवा व्यवसायी अर्जुन सुनार र पर्यटन व्यवसायी रामेश्वर शाहको विशेष उपस्थित रहेको थियो । सो अवसरमा बल्दै एसपी पुरी पर्यटकीय नगरी चितवनको पहिचानलाई थप उजार गर्न फिल्म उपयोगी हुने बताउनुभयो ।

चर्चित म्युजिक भिडियो निर्देशक माइकल चन्द द्वारा लिखित पटकथा र निर्देशनमा बन्ने यो चलचित्रले चितवनलाई फिल्म सिटीका रूपमा चिनाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखेको लाइन प्रोड्युसर राजेन्द्र आचार्यले जानकारी दिनुभयो।

बिराज भट्टको मुख्य भूमिकामा निर्माण भइरहेको ‘राम नाम सत्य’ आगामी वर्ष २०८३ चैत २७ गते रिलिज गर्ने योजना छ। धार्मिक विधिअनुसार ललितपुरमा शुभ साइत पूजा गरी छायाङ्कन थालिएको हो।

चलचित्रमा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सु पुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुसी कार्की, सुनिल थापा, प्रशान्त ताम्रकार, कनिज कोइराला, रवि गिरी र दिनेश डिसीको अभिनय क्रियटिभ प्रोड्युसर मोती कार्कीले जानकारी दिनुभयो । साथै, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह र पूजन लामिछाने विशेष भूमिकासहित यस फिल्ममार्फत फिल्म नगरीमा डेब्यु गर्नेछन्।

उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार हुँदै गरेको फिल्ममा किशोर भट्ट र डीआर उपाध्याय कार्यकारी निर्माताका रूपमा रहेका छन्। निर्देशक चन्दले भने, “‘राम नाम सत्य’ मेरो सपनाको फिल्म हो। रमणीय चितवनका फरक दृश्यमार्फत चितवन साँचो अर्थमा फिल्म सिटीका रूपमा स्थापित हुनेछ भन्ने विश्वास छ।” फिल्ममा समर चौलागाईँ र अनीश अधिकारी प्रोडक्सन म्यानेजर रहेको छन् ।
फिल्ममा सम्झना राईले श्रृगार गरेकी छन् ।  श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.