दाङमा ४० विगाह बगरमा केरा खेती

दाङ – दाङमा नदी उकास ४० विगाह बगरमा केरा खेती गरिएको छ । मालभोग केरा खेती गरेर कुनै समय बाँझो रहेको बगर हरियालीमा परिणत भएको हो । सहकारी संस्थामार्फत व्यवसायीक केरा खेती गरिएको छ । जसबाट उत्पादन र आम्दानी दुवै बढ्न थालेको पाइएको छ
राप्ती नदीको कटानका कारण बगरमा परिणत भएको ५३ विगाह मध्ये ४० विगाह जमिनमा व्यवसायीक केरा खेती गरिएको छ । कुनै समय नदीको बहाव क्षेत्र रहेको लमही नगरपालिका–६ ढिकपुर क्षेत्रको नदी उकास जग्गामा अहिले लोभलाग्दो व्यवसायीक केरा खेती गरिएको हो । उद्यमशील बहुउद्देश्यीय कृषि सहकारी संस्थाले विभिन्न किसानको नाममा रहेको जग्गा भाडामा लिएर उत्पादनको क्षेत्रमा सदुपयोग गरेको छ । जग्गा भाँडामा लिएर व्यावसायिक केरा खेती तथा केराको बेर्ना उत्पादन श्रोत केन्द्रको रूपमा विकास गरिएको संस्थाका अध्यक्ष लक्ष्मी शर्माले जानकारी दिनुभयो ।
पहिलो चरणमा २० विगाहबाट उत्पादन सुरु भएको र २० विगाहमा बिरुवा हुर्किदैगएको छ । सहकारी संस्थाहरू उत्पादनमा जोडिनु र उदाहरणीय बन्नु सकारात्मक सन्देश भएको जिल्ला सहकारी सङ्घ दाङका अध्यक्ष हेमराज गौतमले बताउनुभयो ।
जिल्लामा व्यवसायीक केरा खेती फस्टाउँदै गए पनि बजारको भने केही समस्या देखिँदै आएको छ । भारतबाट आयात हुने केराले नेपाली बजार ओगटेका कारण स्थानीय उत्पादित केराले बजार नपाउने समस्या देखिएको हो । बाहिरबाट आउने केरालाई निगरानी गर् नसक्दा रोकिने अवस्था रहेको किसान पुण्यप्रसाद कडवालले बताउनुभयो ।
नदी उकास बाँझो जमिनलाई उत्पादनसँग जोड्न चक्लाबन्दी कार्यक्रम सफल देखिएको छ । यो अभियानलाई व्यापक बनाउन आवश्यक छ ।






प्रतिक्रिया राख्नुहोस्