कारागारबाट छुटेको भोलिपल्टै श्रीमतीको हत्या

पर्वत-  पर्वत कारागारबाट कार्तिक २४ गते छुटेका कैदीले छुटेको भोलिपल्टै कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।

जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका मोदी गाउँपालिका ६ तिलाहार दराकका ५१ वर्षीय जित बहादुर विकले आज बिहान १ बजे घरमा रगताम्मे हुने गरी कुटपिट गरेका थिए । कुटपिट गरेर सिरक ओढाई अचेत अवस्थामा राखेको घरमा रहेकी निजकी बुहारी शोभा विकले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले घटनामा संलग्न बिक लाई नियन्त्रणमा लिएको छ भने कुटपिट बाट घाइते सिता विकको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुदिप भण्डारीले बत्ताउनुभयो ।

दुई महिना अघि पर्वत जिल्ला अदालतले जबरजस्ती करणी कसुरमा बिक लाई ५० हजार धरौटी तोकेको थियो । उक्त धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए । हिजो २४ गते श्रीमतीले नै धरौटी रकम बुझाएपछि उनी कारागारबाट छुटेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.