अस्पताल सञ्चालनका लागि आयोजित महायज्ञ सम्पन्न 

–एक करोड नगद सङ्कलन, ६ जनाले गरे जग्गा दान 

नुवाकोट-  त्रिदेशीय मार्ग अन्तर्गत नुवाकोटको महादेव फाँटमा सामुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ आयोजित श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सम्पन्न भएको छ । उक्त महायज्ञबाट सङ्कलित नगद तथा जिन्सीबाट अस्पताल निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
वेलकोटगढी नगरपालिका ७ जरुवावगरमा सात दिनसम्म सञ्चालित उक्त महायज्ञको मङ्गलवार समापन गरिएको छ । उक्त महायज्ञमा कुल एक करोड रुपैयाँ नगद सङ्कलन भएको आयोजकले जनाएको छ ।
विभिन्न ६ जना व्यक्तिहरूले अस्पताल सञ्चालनका लागि जग्गा दानसमेत गरेका छन् । महायज्ञमा सात दिनसम्म चर्चित भागवत वाचक राधिका दासीद्वारा श्रीमद् भागवत कथा प्रवचन गरिएको थियो  ।
आयोजकहरूका अनुसार महायज्ञमा झन्डै १ करोड नगद र ५ रोपनीको हाराहारीमा जग्गा दान प्राप्त भएको छ । स्थानीय वृद्ध देवकी नेपालले ४० लाख रुपैयाँ मूल्य बराबरको आठ आना क्षेत्रफलको जग्गा, कल्याण नेपालले ३५ लाख रुपैयाँ बराबरको दुई रोपनी पाँच आना जग्गा,  ध्रुव नेपालले ३२ लाख रुपैयाँ बराबरको दुई रोपनी जग्गा, चेतनाथ नेपालले नौ लाख रुपैयाँ बराबरको ६ आना जग्गा, पवित्रा ओझाले ६ लाख रुपैयाँ बराबरको चार आना जग्गा र पुरुषोत्तम भण्डारीले आठ लाख रुपैयाँ बराबरको आठ लाख रुपैयाँ अस्पताल सञ्चालनका लागि महायज्ञमा आएर दान गरेको आर्थिक समितिका संयोजक शम्भुप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
जग्गा दान गर्नेहरूलाई आयोजकले विशेष सम्मान गरेको छ ।  महायज्ञमा कतिपय भक्तजनहरूले तुला दान गरेर पनि सहयोग गरेका छन् ।
 महायज्ञमा नुवाकोटमा रहेका विभिन्न स्थानिय तहले पनि सहयोगको प्रतिवध्दता जनाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.