नयाँ दिल्ली बम विष्फोट आतंकवादी घटना

नयाँदिल्ली – भारतको राजधानी नयाँ दिल्लीको व्यस्त क्षेत्रमा सोमबार साँझ भएको कार बम विष्फोटको घटना आतंकवादी भएको भारत सरकारले जनाएको छ । विष्फोटमा ८ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए ।
नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै घातक विष्फोट गराइएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले हिजो राति अबेर गरेको सुरक्षा बैठकमा आक्रमणको निन्दा गर्दै राष्ट्रविरोधी शक्तिहरूले गरेको कायरतापूर्ण कार्य भएको बताएको छ । अधिकारीहरूले विस्फोटका सम्बन्धमा अहिलेसम्म कसैको नाम सार्वजनिक गरेका छैनन् । साथै हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।
मन्त्रिपरिषद्को बैठकले दिल्ली विष्फोटको घटनालाई आतंकवादी घटनाका रुपमा व्याख्या गरेको हो । साथै बैठकले घटनाको अनुसन्धानलाई अत्यन्तै प्राथमिताका साथ व्यावसायिक रुपमा अगाडि बढाउन निर्देशन दिएको छ ।
अपराधीहरू, उनीहरूका सहयोगी र उनीहरूका प्रायोजकहरूलाई पहिचान गरी ढिलो नगरी न्यायको कठघरामा ल्याउन जोड दिइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्