कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक बोलाउनु भएको हो। ।
बैठक चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुटाउन केन्द्रित हुने बुझिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा देखिनु भएको छ । तर, संस्थापन पक्ष भने फागुन २१ को चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा देखिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्