प्रधानमन्त्री नेकपाका नेताहरुसँगको छलफलमा व्यस्त

काठमाडौं- प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक तहमा छलफल र परामर्श तीव्र भएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपाका नेताहरुहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभा विघटनपछिको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले नेता तथा निवर्तमान सांसदहरुसँग परामर्श गर्नुभएको हो ।

छलफलमा विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपाका नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत सार्वजनिक गर्नुभएको छ ।

हिजो मात्र मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

सरकार संचालनमा पार्टीभित्रैबाट असहयोग र घेराबन्दीमा परेको भन्दै सरकारले नयाँ जनादेश लिने निर्णयका साथ प्रतिनिधि सभाको विघटन गरेपछि देशको राजनीति नै तरंगित भएको छ ।

प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भन्नै नेकपाको अर्को पक्षले विरोध जनाइसकेको छ भने प्रतिपक्षी दलहरुले समेत यसको विरोध गरेका छन ।

पार्टीहरुले आफ्नो भावी रणनीति तय गर्न केन्द्रिय समितिका बैठकहरु बोलाएका छन ।

प्रतिनिधि सभा विघटनकै विषयमा छलफल गर्न नेपाली काँग्रेसले भोलि पार्टी कार्यालयमा केन्द्रिय समितिको बैठक डाकेको छ ।

यसैगरी जसपा र राजपाका बैठकहरु पनि बस्दैछन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.