मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
राति खोलामा खसेको मोटरसाइकल र मृतकहरू बिहान मात्रै देखिएको स्थानीयको भनाइ

मकवानपुर – मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको मकवानपुर गढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानामा रहेको बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकल झण्डै ४०/५० मिटर तल बुङदल खोलामा खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटनास्थल मै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको छ । उहाँका अनुसार घटना शनिबार राति भएको हो ।
आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्