युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने बताउनुभएको छ।

अक्टोबरमा मस्कोले सन् २०२२ को आक्रमणको सुरुवातदेखि युक्रेनी ग्यास सुविधाहरूमा व्यापक बमबारी सुरु गरेको थियो । आक्रमणका कारण नागरिकहरूले न्यानोका लागि प्रयोग गर्ने इन्धनको मुख्य स्रोतको उत्पादन ६० प्रतिशत रोकिएको थियो।

रूसी बमबारीले गत हिउँदमा नै राष्ट्रिय ग्यास उत्पादनमा आधा प्रभाव परेको युक्रेनी सरकारले जनाएको छ।

युक्रेनको ऊर्जा नेटवर्कको बिरूद्ध पहिलो व्यवस्थित आक्रमण सन्ु २०२२ को अन्त्यमा सुरु भएको थियो। यसले व्यापक बिजुली अभाव सिर्जना गरेको थियो र लाखौँ मानिसहरूलाई चिसो तापक्रम र अन्धकारबीच बस्न बाध्य पारेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.