पोखरासमक्ष विराटनगरले दियो २२१ रनको विशाल लक्ष्य

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्गर्गत जारी खेलमा पोखरा एभेन्जर्ससमक्ष विराटनगर किङ्ग्सले २२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

विराटनगरले पूरै ओभरमा ६ विकेट गुमाएर २२० रनको विशाल योगफल बनाएको हो ।

विराटनगरका लागि लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौकासहित ७२ रन जोडेका थिए भने गप्टिलले ३५ बलमा ५ छक्का र ३ चौकासहित ६१ रनको योगदान गरे ।

टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको गरेको थियो ।

अहिले दोश्रो इनिङको खेल सुरु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.