एमाले कार्यकर्ता र जेनजीको झडपका कारण सिमरा विमानस्थल बन्द

काठमाडौँ – सिमरामा एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरू सडकमा उत्रिएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको उडान रोकिएको छ।

एमाले कार्यकर्ता र जेनजीको झडपका कारण सिमरा विमानस्थल बन्द गरिएको छ। विमानस्थलको गेटमा बुधबार एमाले कार्यकर्ता र जेनजीबीच झडप भएपछि विमानस्थल बन्द गरिएको हो।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट सिमरा जाने तालिका रहेकामा उहाँहरुको स्वागतका लागि एमाले कार्यकर्ता विमानस्थलको गेटमा पुगेका थिए। बस्नेतको विरोध गर्दै जेनजी पनि पुगेपछि दुई पक्षबीच भएको झडपका कारण विमानस्थल बन्द गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.