काँग्रेस, नेकपा र जसपा केन्द्रीय समितिका अलग अलग बैठकहरु बस्दै
काठमाडौं- नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटनपछिको पार्टी रणनीतिवारे धारणा बनाउन केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सर्बदलीय बैठकमा दलहरुबीच भएको सहमति र पार्टीले अवलम्बन गर्ने नीतिवारे छलफल हुने सो पार्टीका नेताहरुले जनाकारी दिनु भएको छ ।
हिजो मात्र नेपाली काँग्रेसको आव्हानमा तीन वटा दलहरु नेपाली काँग्रेस, नेकपा र जसपाका नेताहरुबीच प्रतिनिधि सभा विघटनका बिषयमा छलफल भएको थियो । तीनवटै दलहरुले प्रधानमन्त्रीको सो कदमको विरोध गर्ने निर्णय गरेका थिए ।
थप कार्यक्रमका बारेमा निर्णय गर्न तीन वटै पार्टीका केन्द्रीय समितिका बैठकहरु आज बस्न लागेक छन ।
नेकपा केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा कार्की वैंक्वेट बबरमहलमा बस्दैछ भने जनता समाजवादी पार्टीले पनि आजै केन्द्रीय समितिको बैठक बोलाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्