पोखरालाई सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो ।
सुदूरका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।।






प्रतिक्रिया राख्नुहोस्