विराटनगरसामु चितवन राइनोजले दियो १७५ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको अहिले जारी खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको चितवनले ५ विकेटको क्षतिमा पूरै ओभर खेलेर १७४ रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले अर्धसतकीय पारी खेले ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले यसअघिका सबै तीनबटै खेल जितेको छ ।।






प्रतिक्रिया राख्नुहोस्