प्रतिनिधिसभा विघटनविरुद्धका ११ रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदै
काठमाडौं- प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
१३ वटा रिट परेकोमा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको सर्वोच्च अदालतको मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिनुभएको हो ।
अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने उहाँले बताउनुभयो ।
आज सुनुवाइ हुने रिटमध्ये एउटा रिट ४ जना सांसदले पनि दायर गर्नुभएको छ । रिट दायर गर्ने सांसदमा देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री हुनुहुन्छ ।
५ वर्ष जनताको सेवा गर्न भनी निर्वाचित भएकोमा विघटनका कारण जनताको सेवा गर्न नपाउनु मौलिक हकको हनन भएको भनी उहाँहरुले रिट दायर गर्नुभएको हो ।-
प्रतिक्रिया राख्नुहोस्