जनकपुरलाई २५ रनले हराउँदै पोखरा विजयी

काठमाडौँ- नेपाल प्रियमर लिग (एनपीएल) अन्तर्गत आज भएको दोश्रो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ ।

जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

यसअघिका दुई खेल पोखराले हारेको थियो ।

टस जितेर ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर १५५ रन बनाएको हो ।

१५६ रनको लक्ष्य पछ्याएको जनकपुरले पुरै ओभर खेलेर जम्मा १३० रन मात्र जोड्यो ।

आजको खेलमा पोखराका लागि सुमित वर्माले अविजित अर्धशतक बनाए भने दिनेश खरेलले ३८ रनको योगदान गरे ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.