कर्णालीलाई ५ विकेटले हराउँदै काठमाडौँ गोर्खाज विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) आज भएको खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ।

कर्णाली याक्सलाई १२ बल बाँकी छँदा नै काठमाडौँले ५ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर १४९ रन बनाएको थियो ।

जवाफमा काठमाडौँले १२ बल बाँकी छँदा नै लक्ष्य पूरा गर्‍यो ।

यो जितसँगै काठमाडौँको प्ले अफमा जाने सम्भावना कायमै रहेको छ। कर्णालीले भने अहिलेसम्म एउटा मात्र खेल जितेको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.