लुम्बिनीसँग विराटनगर ५ विकेटले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा लुम्बिनी लायन्स विजयी भएको छ।
विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै लुम्बिनी विजयी भएको हो ।
विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १२ बल बाँकी छँदा नै भेट्टाएको हो ।
लुम्बिनीको जितमा ड्रार्शी शर्टले अर्धशतकीय पारी खेले । शर्टले ३८ बलमा ५१ रन जोडेका थिए ।
यो जितसँगै लुम्बिनीको प्ले अफतर्फको यात्रा कायम छ।।






प्रतिक्रिया राख्नुहोस्