डोटीमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना ६ जना घाइते

डोटी – डोटीमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना भएको छ । डोटीको सायलबाट जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ४२५० नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजे दुर्घटनामा परेको हो ।
डोटी प्रहरीका अनुसार सायल गाउँपालिका–४ खालीखोला बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिप दुर्घटना हुँदा आदर्श(७ की ५४ बर्सिया हरिदेवी कापडी, सायल(२ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा, सायल(४ का ४३ वर्षका टेकराज ओझा र चालक थापा घाइते भएको प्रहरीले बताएको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्