संसद विघटनबारे कांग्रेसमा निरन्तर छलफल
काठमाडौं– संसद विघटनबारे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निरन्तर छलफल भइरहेको छ ।
बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।
यसैगरी बैठकले कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि पौष ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुन: बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्