धादिङमा प्रथम मेयर खुला ब्याडमेन्टिन प्रतियोगिता
धादिङ- धादिङ जिल्लामा पहिलो पटक जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ।
कोरोना महामारीपछि निलकण्ठ नगरपालिका र जिल्ला ब्याडमिन्टन संघ धादिङले प्रथम मेयर खुल्ला ब्याडमिन्टन खेलको आयोजना गरेको हो ।
उक्त खेलको उद्घाटन गर्दै निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले स्वास्थ्य जीवन जिउनका लागि खेलकुद पनि एक महत्वपूर्ण विधा भएकोले नगरमा भएका युवाहरुलाई फुर्सदको समयमा खेल क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।
प्रतियोगितामा महिला र पुरुषको डवल र सिंगल गरी एक सय चौहत्तर खेलाडिले भाग लिएका छन् ।
प्रतियोगिता आजदेखि तीन दिनसम्म चल्ने छ ।।
प्रतिक्रिया राख्नुहोस्