टस जितेर लुम्बिनी विरुद्ध ब्याटिङ गर्दै काठमाडौँ गोर्खाज्

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ रोजेको छ ।
टस जितेर पहिले ब्याटिङ रोज्दै काठमाडौँले लुम्बिनीलाई बलिङको निम्तो दिएको हो ।
काठमाण्डौँले आज लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।
यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।
अर्कोतर्फ विजयी हुने टोलीले फाइनल पुग्नका लागि अर्को खेल विराटनगर किंग्ससँग खेल्नुपर्नेछ ।।






प्रतिक्रिया राख्नुहोस्