विदुरमा हिंसाको उजुरी बढ्दै
–कानुनी सचेतनामा जोड

नुवाकोट- नुवाकोटको सदरमुकाम विदुरमा हिंसाका घटनामा बढोत्तरी भइरहेका छन् । आधुनिकता तथा परिवर्तित जीवनशैलीका कारण हिंसाका घटनाहरू घट्ने गरेको सरोकारवालाहरूको ठहर छ ।
विदुर नगरपालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले समाजमा चेतना र कानुनी दायरा बढ्दासमेत हिंसाको प्रकोप कायमै रहेको देखाएको छ । सबै प्रकारको हिंसाका घटनाहरू घट्ने गरेको पाइएको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ को मङ्सिर महिना अवधिमा विदुर नपा मा मात्रै हिंसाको उजुरी लिएर आउनेहरु सङ्ख्याको अनुपात बढेको छ । हिंसाको उजुरी सङ्ख्या ५० पुगेको छ ।
जसमा ३८ जना महिला, ६ जना बालबालिका र ६ जना पुरुष रहेका छन् । यी तथ्याङ्कले हिंसा अब केवल महिलामा मात्र सीमित नरही सबै वर्गलाई प्रभावित गरिरहेको देखिएको छ ।
हिंसाको रूप अब केवल शारीरिक कुटपिट मात्र रहेन । अहिले यो झन् गहिरो गरी मनोवैज्ञानिक दबाब, चरित्र हत्या, सामाजिक बहिष्कार र अनलाइन दुर्व्यवहार ९डिजिटल हिंसा० को रूपमा प्रकट भइरहेको अधिकारकर्मीहरूको भनाई छ ।
समाजमा पुरातन सोच, आर्थिक असमानता, मदिराको सेवन र कुलतलाई नियन्त्रण गरिनुपर्ने अधिकारकर्मीहरूको जोड रहेको छ ।
सरोकारवाला निकायले पीडितहरूलाई कानुनी सहायता, मनोपरामर्श र आर्थिक सबलीकरणमा प्रभावकारी रूपमा सहयोग गर्दै आएको विदुर नपाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्