सङ्खुवासभामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौँ – कोसी प्रदेशको सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका-३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ।

आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव  वशिष्ठ नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष  पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गर्नुभयो ।

विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।

सन् १९६२ मा सङ्खुवासभा जिल्लामा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुन्छ ।

चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरुले नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले भुईंतहमा प्राथमिकता क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारले गरेका विकासका प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहेको कुरालाई प्रतिबिम्बित गरेको काठमाडौँ स्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.