५८ थान भेप सहित दुई व्यापारी नियन्त्रणमा

पाल्पा –  पाल्पा सदरमुकाम तानसेनबाट ५८ थान भेप इलेक्ट्रिक चुरोट सहित दुई जना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तानसेन नगरपालिका–४, सिल्खानटोलस्थित ३१ वर्षीय राजा सोनी र ५२ वर्षीय अलिम मियालाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

सोनीले सञ्चालन गरेको रास्ता हाउस र मियाले सञ्चालन गरेको अलिम स्टोर्समा खानतलासी गर्दा भेप बरामद भएको प्रहरीले जनाएको छ । रास्ता हाउसबाट २६ थान र अलिम स्टोर्स कस्मेटिक हाउसबाट ३२ थान फेला पारेको हो । दुवै स्थानबाट बरामद भेपका साथै दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.