बागमती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा
काठमाडौं- बागमती प्रदेशका तीन मन्त्रीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले राजिनामा दिनुभएको हो ।
यसैगरी, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेशसभा सदस्यले अविश्वासको पत्र दर्ता गरेका छन् ।
प्रदेशसभाका ४५ सदस्यले पौडेलविरुद्ध बिहान ११ बजे अविश्वासको प्रस्ताव दर्ता गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।
प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईदुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक सदस्य छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पछिल्लो पटक देखिएको विवादका कारण मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँले बताउनुभयो । “हामीलाई माथिबाट निर्देशन आयो, त्यसैले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ”, उहाँले भन्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्